२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

विश्व व्यापार संगठनको महत्त्वपूर्ण समितिकाे अध्यक्षमा नेपाल निर्वाचित

विश्व व्यापार संगठनको महत्त्वपूर्ण समितिकाे अध्यक्षमा नेपाल निर्वाचित

नेपाल विश्व व्यापार संगठन (WTO) को व्यापार तथा वातावरणसम्बन्धी समिति (CTE) को अध्यक्षमा सर्वसम्मतिले चुनिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा बुधबार सम्पन्न महासभाको बैठकले नेपाललाई यो जिम्मेवारी सुम्पेको हो।

जेनेभास्थित नेपाली स्थायी नियोगका प्रतिनिधि रामप्रसाद सुवेदी एक वर्षका लागि यस समितिको अध्यक्ष बनेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले यस्तो महत्त्वपूर्ण नेतृत्वदायी भूमिका पाउनु खुसीको कुरा हो। यो समितिले व्यापार नीतिले वातावरणमा पार्ने असर र दिगो व्यापारका विषयमा सदस्य राष्ट्रहरूबीच छलफल गराउने गर्छ।

नेपाल अहिले अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने तयारीमा रहेकाले यो पदले विश्व बजारमा नेपालको पहुँच र पहिचान बढाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।