अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा १४ सय बढीको मृत्यु
- ३० फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वमा मानवीय क्षति निरन्तर बढिरहेको छ। गत फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणका कारण विभिन्न देशमा गरी हजारौं मानिसले ज्यान गुमाइसकेका छन्।
सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै क्षति इरानमा भएको छ। त्यहाँ हालसम्म १ हजार ४४४ जनाको मृत्यु भएको छ। इरानपछि लेबनानमा ७७३ जनाले ज्यान गुमाएका छन्।
यसैगरी, क्षेत्रीय तनावको असर अन्य खाडी देशहरूमा पनि परेको छ। इराकमा २६ र इजरायलमा १४ जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतमा ६–६ जना, ओमानमा ३ तथा साउदी अरब र बहराइनमा २–२ जनाको ज्यान गएको विवरण सार्वजनिक भएको छ।
यस द्वन्द्वका क्रममा ११ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको छ। अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको यो युद्धले मध्यपूर्वमा तनाव र मानवीय क्षति झन् बढाउँदै लगेको छ।