४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

इरान आक्रमणपछि मध्यपूर्वमा २ सय अमेरिकी सैनिक घाइते, १३ को मृत्यु

इरान आक्रमणपछि मध्यपूर्वमा २ सय अमेरिकी सैनिक घाइते, १३ को मृत्यु

न्युयोर्क- अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेयता करिब २ सय अमेरिकी सैनिक घाइते भएका छन्। अमेरिकी सेनाको मध्य कमाण्डका प्रवक्ता टिम हकिंसले सोमबार पत्रकार सम्मेलनमा यो कुरा बताए।

उनले बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्समा भएका कारबाही र भिडन्तमा उनीहरू घाइते भएको जानकारी दिए। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ। बाँकी १८० भन्दा बढी सैनिक भने सामान्य उपचारपछि आफ्नो काममा फर्किसकेका छन्।

यसैबीच, पश्चिमी इराकमा इन्धन बोक्ने ‘के–सी–१३५’ विमान दुर्घटना भएको छ। योसँगै यस युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ। विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

यो सैन्य अभियानले मध्यपूर्वमा तनाव र मानवीय चुनौती बढाएको छ। युद्ध लम्बिँदै जाँदा दुवै पक्षमा अझ ठूलो क्षति हुन सक्ने भन्दै कूटनीतिज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।