६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

इजरायली आक्रमणमा इरानी कमाण्डर जनरल नैनीको मृत्यु

इजरायली आक्रमणमा इरानी कमाण्डर जनरल नैनीको मृत्यु

न्युयोर्क  – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार बिहान हवाई आक्रमणमा परी मृत्यु भएको छ। आईआरजीसीको जनसम्पर्क विभाग र इरानी सरकारी सञ्चारमाध्यमहरूले उनको मृत्युको पुष्टि गरेका छन्।

नैनीलाई लक्षित गरी गरिएको उक्त आक्रमणलाई इरानले ‘कायरतापूर्ण आतंकवादी हमला’ को संज्ञा दिएको छ। सो आक्रमण इजरायली पक्षबाट भएको दाबी गरिएको छ। रोचक कुरा त के छ भने, उनले अमेरिका र इजरायलविरुद्ध कडा अभिव्यक्ति दिएको केही घण्टाभित्रै यो घटना घटेको हो। मृत्यु हुनुअघि नैनीले इरानको मिसाइल उद्योग युद्धको अवस्थामा पनि उत्पादन जारी राख्न सक्षम रहेको बताएका थिए।

इरानी सैन्य र राजनीतिक नेतृत्वमाथि यो हप्ता भएको यो चौथो ठूलो प्रहार हो। यसअघि भएका विभिन्न आक्रमणमा अली लारिजानी, गोलामरेजा सुलेमानी र गुप्तचर मन्त्री इस्माइल खातिब मारिइसकेका छन्। पछिल्ला आक्रमणहरूले मध्यपूर्वमा तनाव थप बढाएको छ।