झापामा आमालाई पिट्ने छोरा पक्राउ
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- झापाको भद्रपुर नगरपालिका–८ क्याम्पस मोडमा आफ्नै ७९ वर्षीया आमालाई कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो ३७ वर्षीय छोरा यशिस घिमिरेले आमा चन्द्रमायालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले उनलाई समातेको हो। अहिले घाइते आमाको उपचार भइरहेको र पक्राउ परेका छोरामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी, बिर्तामोड–५ मा आफ्नै ६ वर्षीय छोरालाई निर्घात कुटपिट गर्ने आमा पनि पक्राउ परेकी छन्। २५ वर्षीया सुमित्रा लामगादेले गत शनिबार छोरा रुक्सनलाई कुटेकी थिइन्। बालकको शरीरभरि चोट र निलडाम देखेपछि उनी पढ्ने सुनगाभा विद्यालयले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले सुमित्रालाई पक्राउ गरी क्षितिज सुधार केन्द्रमा राखेको छ भने घाइते बालकलाई उपचारका लागि हजुरबुबाको जिम्मा लगाएर अस्पताल पठाएको बताएको छ।