२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

प्रहरी एक्सनमा आएपछि काठमाडौंबाट भाग्न थाले गुन्डाहरू

प्रहरी एक्सनमा आएपछि काठमाडौंबाट भाग्न थाले गुन्डाहरू

काठमाडौं- प्रहरीले पक्राउ गर्न थालेपछि गुन्डागर्दीमा लागेका युवाहरूले धमाधम काठमाडौं छाड्न थालेका छन्। प्रहरीले पक्रिने सूचना पाएपछि सिन्धुपाल्चोक घर भई बौद्धमा बस्ने कबित कटुवाल पनि काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ।

उनलाई केही महिना अघि ललितपुर प्रहरीले पनि पक्राउ गरेको थियो। पछिल्लो समय उनी मिटरब्याज र मानिसहरूलाई धाकधम्की दिने काममा संलग्न रहेको प्रहरीले बताएको छ।

यसैगरी, काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की र सरू हुमागाईं लगायत छन्।