५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

बलात्कार आरोप लागेका कलाकार ‘बले’ ५ दिन हिरासतमा

बलात्कार आरोप लागेका कलाकार ‘बले’ ५ दिन हिरासतमा

काठमाडौं- बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार कसुरमा ५ दिनको म्याद थपिएको बताए।

एक युवतीले सामाजिक सञ्जालमा बलात्कारको आरोप लगाएपछि प्रहरीले शनिबार बिहान बलेलाई पक्राउ गरेको थियो। तर, पीडित वा उनको परिवारको तर्फबाट अहिलेसम्म प्रहरीमा आधिकारिक उजुरी भने आएको छैन। उजुरी नआइसकेकोले प्रहरीले अहिलेलाई उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाएको हो।