२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

हावाहुरीले फेवातालमा फसेका ११ जनाको सकुशल उद्धार

हावाहुरीले फेवातालमा फसेका ११ जनाको सकुशल उद्धार

काठमाडौं- पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण बिचमै फसेका ११ जनाको आइतबार सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई तालबाट सुरक्षित रूपमा बाहिर निकालेको हो।

दिउँसो करिब सवा ४ बजे डुङ्गा चढिरहेका उनीहरू हावाहुरी चलेपछि तालको बिच भागमा अलपत्र परेका थिए। घटनाको जानकारी पाउने बित्तिकै सशस्त्र प्रहरीको उद्धार टोली त्यहाँ पुगेको थियो। प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा गएको टोलीले उनीहरूलाई तालबाट सुरक्षित स्थानमा ल्याए।

उद्धार गरिएकामा तनहुँका २ जना, पोखराका १ जना र म्याग्दीका ५ जना नेपाली नागरिक छन्। त्यसैगरी, भारतको नयाँ दिल्लीबाट आएका ३ जना भारतीय नागरिकलाई पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले बताए।