२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको घुइँचो

आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको घुइँचो

काठमाडौं- आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन हो। यस अवसरमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मा रहेको मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्नेको ठूलो घुइँचो लागेको छ। यहाँ आज ठूलो मेला लागेको छ।

आज देशभर आमालाई मीठा परिकार खुवाएर आमाको मुख हेर्ने चलन छ। सन्तानले आमाप्रति श्रद्धा र सम्मान देखाउँदै शुभ आशिर्वाद लिने गर्छन्।

आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण र पिण्ड दिन्छन्। उनीहरूले पुरोहितलाई सिदा दान र भोजन गराएर आमालाई स्मरण गर्छन्। हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन यो पर्व श्रद्धा र भक्तिका साथ मनाउने गरिन्छ।