२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

गैरकानुनी रूपमा मतदान गरेको भन्दै क्यान्सस राज्यका पूर्व मेयर पक्राउ

गैरकानुनी रूपमा मतदान गरेको भन्दै क्यान्सस राज्यका पूर्व मेयर पक्राउ

न्युयोर्क- अमेरिकाको क्यान्सस राज्यमा एक पूर्व मेयरलाई अध्यागमन अधिकारीहरूले बुधबार हिरासतमा लिएका छन्। मेक्सिकोमा जन्मिएका ५५ वर्षीय जो सेबालोसले आफू अमेरिकी नागरिक नभए पनि चुनावमा मतदान गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो।

उनी अमेरिकामै कानुनी रूपमा बस्दै आएका थिए। सन् २०२५ मा नागरिकता लिने प्रयास गर्दा उनले आफूले भोट हालेको कुरा बताएका थिए। कानुन अनुसार अमेरिकी नागरिक नभएकाहरूले मतदान गर्न पाउँदैनन्, तर उनलाई यो नियम थाहा थिएन। उनी ४ वर्षको हुँदा परिवारसँग अमेरिका आएका थिए।

मतदान सम्बन्धी विवाद आएपछि उनले गत डिसेम्बरमा कोल्डवाटर सहरको मेयर पदबाट राजीनामा दिएका थिए। उनलाई अब देश निकाला गरिने डर रहेको उनका वकिलले बताएका छन्। यद्यपि, स्थानीय बासिन्दाहरूले भने उनको समर्थन गर्दै उनलाई रिहा गर्न माग गरिरहेका छन्।