२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

ज्ञानेन्द्र शाहीको आक्रोश: ‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

ज्ञानेन्द्र शाहीको आक्रोश: ‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई संसद्मा अनुहार हेर्न र भाषण सुन्न मात्र नबोलाएको बताए।

संसद्लाई बन्धक बनाएर देश चलाउने सोच लोकतन्त्रको विरुद्धमा रहेको उनले प्रस्ट पारे। प्रधानमन्त्री शाह आफैँ संसद्मा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने उनको माग छ। प्रधानमन्त्री नआएसम्म संसद् चल्न नदिने अडान प्रतिपक्षी दलहरूले राखेका छन्।