नमूना दीप युवा क्लबमा नयाँ कार्यसमिति : अध्यक्षमा निरोज, सचिवमा निरज
- ०३ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं : नमूना दीप युवा क्लबको १६औं साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनले निरोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
क्लबको उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा निरज पौडेल (शिशिर), सहसचिवमा अशोक दर्जी तथा कोषाध्यक्षमा ढाका प्रसाद गौतम (सुमन) चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा हरिशंकर पौडेल, सित्तल पौडेल, बाबुराम परियार, राजकुमार भण्डारी, हिरा गौतम र साधना अधिकारी चयन भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि गणेश पौडेल, लिखु तामाकोशी-२ सैपुका पूर्ववडाअध्यक्ष पदम तामाङ, पूर्वअध्यक्ष विष्णु पौडेल लगायतले क्लबले युवालाई एकताबद्ध गर्ने, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने बताएका छन्। उनीहरूले आगामी दिनमा पनि नयाँ नेतृत्वले अझ प्रभावकारी खेलकुद गतिविधि, प्रतियोगिता तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनीहरुले भने,‘युवा क्लबहरू समाज परिवर्तनका महत्वपूर्ण माध्यम हुन्। विशेषगरी युवाहरूलाई सामाजिक सेवा, खेलकुद, संस्कृति, शिक्षा तथा सकारात्मक गतिविधितर्फ प्रेरित गर्न यस्ता संस्थाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।’
नवनिर्वाचित कार्यसमितिलाई अधिवेशनमा सहभागी सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। क्लबले आगामी दिनमा युवामुखी सामाजिक, खेलकुद तथा रचनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
नवनिर्वाचित अध्यक्ष पौडेलले क्लबलाई युवाहरूको सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ नेतृत्वले सहकार्य गर्दै क्लबलाई अझ सशक्त बनाउन योगदान दिने विश्वास व्यक्त गरे।