न्यूयोर्कमा ‘नेपाल परेड डे २०२६’
- ११ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं : अमेरिकाको न्यूयोर्क सिटीको म्यानहट्टन क्षेत्रमा ‘नेपाल परेड डे २०२६’ भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा हजारौं नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाली महावाणिज्यदूतावासको प्रमुख संरक्षकत्वमा NRNA New York Chapter, FIPNA लगायत विभिन्न नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
‘नेपाल परेड डे २०२६’ ले विदेशमा रहेका नेपाली समुदायबीच एकता, पहिचान र गौरवको भावनालाई अझ सुदृढ बनाएको छ।
कार्यक्रमको सभापतित्व एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले गरेका थिए भने कन्भेनरका रूपमा एपि लामाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनीहरूको नेतृत्व, समन्वय र सक्रियताले कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आर्यनले विदेशमा रहेका नेपाली समुदायले नेपालको पहिचान र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
त्यसैगरी, विशिष्ट अतिथिमा महावाणिज्यदूत दधिराम भण्डारी,एनआरएनए NCC USA का अध्यक्ष सतेन्द्र साह, वरिष्ठ कानुन व्यवसायी केशवराज सेढाई र खगेन्द्र जीसीलगायतको उपस्थिति रहेको थियो।
न्यूयोर्क आसपास बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिताले आपसी एकता, सहकार्य र सद्भावको सन्देश प्रवाह गरेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आर्यनले विदेशमा रहेका नेपाली समुदायले नेपालको पहिचान र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएका सहभागीहरूले झाँकी, गीत तथा नृत्यमार्फत नेपालको पहिचान र समृद्ध संस्कृतिलाई विश्वसामु प्रस्तुत गरेका थिए। कार्यक्रमले नेपाली कला, संस्कृति र सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा टेवा पुर्याएको सहभागीहरूको भनाइ थियो।
‘नेपाल परेड डे २०२६’ ले विदेशमा रहेका नेपाली समुदायबीच एकता, पहिचान र गौरवको भावनालाई अझ सुदृढ बनाएको छ।