२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

हर्मुज जलमार्गमा विस्फोटक पदार्थ भेटिएको आशङ्का, ओमानद्वारा सतर्कता जारी

हर्मुज जलमार्गमा विस्फोटक पदार्थ भेटिएको आशङ्का, ओमानद्वारा सतर्कता जारी

न्युयोर्क- ओमानको समुद्री सुरक्षा केन्द्रले हर्मुज जलमार्गमा एउटा शङ्कास्पद वस्तु भेटिएपछि सतर्कता जारी गरेको छ। ओमानको समुद्री क्षेत्रको पश्चिमतर्फ पानीमा तैरिरहेको उक्त वस्तु विस्फोटक पदार्थ हुनसक्ने अनुमान गरिएको छ।

केन्द्रले विज्ञप्ति निकालेर त्यस क्षेत्रका नाविक, माछा मार्ने व्यक्ति र जहाजहरूलाई उच्च सतर्कता अपनाउन भनेको छ। शङ्कास्पद वस्तुबाट सुरक्षित दूरीमा रहन र त्यस्तो केही देखेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न पनि निर्देशन दिइएको छ।

विश्वभर इन्धन ढुवानीका लागि हर्मुज जलमार्ग निकै महत्त्वपूर्ण बाटो मानिन्छ। यस क्षेत्रमा सुरक्षा जोखिम बढिरहेका बेला ओमानले यस्तो चेतावनी दिएको हो।