२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरान जाँदै गरेको व्यापारिक जहाजमा अमेरिकी सेनाको कारबाही

इरान जाँदै गरेको व्यापारिक जहाजमा अमेरिकी सेनाको कारबाही

न्युयोर्क- अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले इरानको बन्दरगाहतर्फ जाँदै गरेको एउटा व्यापारिक जहाजलाई कारबाही गरेर निष्क्रिय बनाएको छ। गाम्बियाको झण्डा राखिएको ‘एमभी लियान स्टार’ नामक जहाजलाई ओमानको खाडीमा शुक्रबार कारबाही गरिएको सेन्ट्रकमले शनिबार जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरान गइरहेको उक्त जहाजले अमेरिकी नाकाबन्दीको नियम तोडेको सेनाको भनाइ छ। सेनाले जहाजलाई रोक्न २० पटकभन्दा बढी चेतावनी दिएको थियो। चेतावनी नमानेपछि गरिएको यो कारबाहीसँगै उक्त जहाज अब इरान जान नसक्ने भएको छ।

अमेरिकी सेनाले समुद्री नाकाबन्दीका क्रममा अहिलेसम्म ५ वटा व्यापारिक जहाजलाई यसैगरी निष्क्रिय बनाएको छ भने ११६ वटा जहाजको बाटो परिवर्तन गराएको छ।