२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

रास्वपा सभापति रवि लामिछाने दिल्लीमा, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै

रास्वपा सभापति रवि लामिछाने दिल्लीमा, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी दिल्ली गएका हुन्। भ्रमणमा उनकी पत्नी निकिता पौडेल र रास्वपाका केही नेताहरू पनि सहभागी छन्।

दिल्ली विमानस्थलमा उनलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे। तय भएको कार्यक्रमअनुसार उनले मंगलबार बिहान भाजपाको केन्द्रीय कार्यालयमा नेताहरूसँग भेटघाट गर्नेछन्।

त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाल-भारत सम्बन्ध र राजनीतिक संवादका दृष्टिले यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। उनी जेठ २२ गते नेपाल फर्किनेछन्।