२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकी उपविदेशमन्त्री सारा र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

अमेरिकी उपविदेशमन्त्री सारा र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौं- अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। नेपाल भ्रमणमा रहेकी उपविदेशमन्त्री रोजर्सले सोमबार परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेट गरेकी हुन्।

भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी लगानी, व्यापार, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनेबारे दुई पक्षबीच कुराकानी भयो।

यस्तै, लामो समयदेखिको आपसी मित्रतालाई थप उचाइमा पुर्‍याउने तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई मजबुत बनाउने विषयमा पनि छलफल भएको छ।

दक्षिण तथा मध्य एसियाली देशहरूको भ्रमणका क्रममा रोजर्स नेपाल आएकी हुन्। नेपाल बसाइका क्रममा उनले विभिन्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र अमेरिकी कार्यक्रमका पूर्वविद्यार्थीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।