२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

दक्षिण कोरियाको एयरोस्पेस प्लान्टमा विस्फोटः ५ जनाको मृत्यु, २ घाइते

दक्षिण कोरियाको एयरोस्पेस प्लान्टमा विस्फोटः ५ जनाको मृत्यु, २ घाइते

दक्षिण कोरिया- दक्षिण कोरियाको एक एयरोस्पेस प्लान्टमा सोमबार विस्फोट हुँदा ५ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। यो दुर्घटना राजधानी सोलबाट करिब १५० किलोमिटर दक्षिणमा पर्ने डेजोनस्थित हनवा एयरोस्पेस प्लान्टमा भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहान १०:५९ बजे विस्फोटको खबर आएको थियो। प्लान्टमा आगलागी भएपछि बिहान ११:१७ बजेबाट उद्धारको काम सुरु गरिएको थियो। सुरक्षाकर्मी र दमकल टोलीको निरन्तर प्रयासपछि बिहान ११:४९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

प्रहरी र अग्नि नियन्त्रकहरूका अनुसार प्लान्टको पहिलो तलामा विस्फोट भएको थियो। विस्फोट कसरी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। अधिकारीहरूले घटनाको यकिन कारण पत्ता लगाउन अनुसन्धान अगाडि बढाएका छन्।