नेपाल-भारत मामिलामा तेस्रो पक्षलाई स्वीकार गरिँदैन: भारत
- १९ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं – भारतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई नेपाल र भारतबीचको मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने प्रष्ट सन्देश दिएको छ। मंगलबार भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
हालै प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवाद मिलाउन चीन र बेलायतसँग कुराकानी भइरहेको अभिव्यक्ति दिएका थिए। सोही विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै जयसवालले दुई देशबीचको विवादमा अरु कसैको भूमिका नहुने स्पष्ट पारे।
सीमासम्बन्धी विवाद समाधान गर्न दुई देशबीच आफ्नै छुट्टै संयन्त्र रहेको जयसवालले बताए। उनले नेपाल र भारतबीचका जुनसुकै मामिलामा तेस्रो पक्षलाई कुनै पनि हालतमा सामेल नगराइने बताएका छन्।