१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

इजरायल र इरानलाई आक्रमण रोक्न ट्रम्पको आग्रह

इजरायल र इरानलाई आक्रमण रोक्न ट्रम्पको आग्रह

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैलाई एकअर्काविरुद्ध भइरहेको आक्रमण तत्काल रोक्न भनेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा सन्देश लेख्दै दुवै पक्षलाई तनाव नबढाउन र तुरुन्तै गोलाबारी बन्द गर्न आग्रह गरेका हुन्।

इजरायलले इरानमाथि जवाफी आक्रमण सुरु गर्नुअघि नै आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई थप आक्रमण नगर्न भनेको ट्रम्पले सञ्चारमाध्यमलाई बताएका थिए।

यता, इरानले भने पछिल्लो घटनाका लागि इजरायलसँगै अमेरिकालाई पनि जिम्मेवार ठहराएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले पत्रकार सम्मेलन गर्दै इजरायलको आक्रामक गतिविधिको जिम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताए।

उनले यस क्षेत्रमा तनाव बढेमा त्यसको नतिजाबाट अमेरिका पनि उम्किन नसक्ने स्पष्ट पारेका छन्।