डेमोक्रेटिक पार्टीको रूप फेर्न न्युयोर्कका मेयर मामदानीको कसरत
- ०४ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सहरका मेयर जोहरान मामदानीले न्युयोर्कको आन्तरिक चुनावमार्फत डेमोक्रेटिक पार्टीलाई नयाँ दिशा दिने प्रयास गरिरहेका छन्। ३४ वर्षीय यी वामपन्थी मेयरले पद सम्हालेको ६ महिनामै आफ्नो राजनीतिक प्रभाव निकै बढाएका छन्।
आफ्नै पार्टीका पुराना र स्थापित सांसदहरूलाई चुनौती दिँदै उनले चुनावमा नयाँ अनुहारहरूलाई साथ दिएका छन्। आफूले समर्थन गरेका उम्मेदवारहरूलाई जिताउन उनी बिहीबार ब्रुकलिनमा सिनेटर बर्नी स्यान्डर्ससँगै एउटा चुनावी सभामा सहभागी हुँदै छन्। मामदानीको यो कदमले डेमोक्रेटिक पार्टीभित्र भने खैलाबैला मच्चाएको छ।
पार्टीका मध्यमार्गी नेताहरू उनको वामपन्थी नीतिका कारण सिंगो पार्टीलाई आगामी चुनावमा घाटा लाग्ने हो कि भनेर चिन्तित छन्। त्यसैले पार्टीका अर्का वरिष्ठ नेता हकिम जेफ्रिजले चाहिँ मामदानीका नयाँ उम्मेदवारलाई हराउन पुराना नेताहरूकै पक्षमा भोट मागिरहेका छन्।