२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अमेरिका र इरानसहित चार देशबीचको बर्गनस्टोक वार्ता स्थगित

अमेरिका र इरानसहित चार देशबीचको बर्गनस्टोक वार्ता स्थगित

न्युयोर्क- अमेरिका, इरान, कतार र पाकिस्तानबीच स्विट्जरल्याण्डको बर्गनस्टोकमा शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको छ। स्विट्जरल्याण्डको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्ता स्थगित भएको पुष्टि गरेको हो।

मन्त्रालयले वार्ताको सहजीकरणका लागि आफू अझै तयार रहेको र आवश्यक पूर्वतयारीका कामहरू जारी राखेको जनाएको छ। अमेरिका र इरानबीच भएको अन्तरिम शान्ति सम्झौता कार्यान्वयनका विषयमा प्रारम्भिक छलफल गर्न यो बैठक बोलाइएको थियो।

लेबनानी सञ्चारमाध्यम अल मायादिनका अनुसार लेबनानमा जारी इजरायली सैन्य आक्रमणका कारण इरानी वार्ता टोलीले स्विट्जरल्याण्ड भ्रमण रद्द गरेपछि बैठक रोकिएको हो। यसैबीच, ह्वाइट हाउसले पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्याण्ड भ्रमण स्थगित भएको जानकारी दिएको छ। वार्ताको योजनाले अन्तिम रूप नपाएका कारण उपराष्ट्रपतिको भ्रमण रोकिएको ह्वाइट हाउसले जनाएको छ।