८ असार २०८३, सोमवार
22 June 2026, Monday

इस्लामावाद समझदारी कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा

इस्लामावाद समझदारी कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा

न्युयोर्क- पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावाद समझदारी पत्र कार्यान्वयन सम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन आइतबार स्विट्जरल्याण्डको जुरिच आइपुगे।

प्रधानमन्त्री कार्यालयका अनुसार उनले स्विट्जरल्याण्डको बुर्गेनस्टोकमा हुने विशेष बैठकमा भाग लिनेछन्। यो वार्तामा प्रधानमन्त्रीसँगै पाकिस्तानी रक्षा बलका प्रमुख फिल्ड मार्शल सैयद असिम मुनिर पनि सहभागी छन्।

यो बैठक मुख्य रूपमा इस्लामावाद समझदारी कार्यान्वयनमा केन्द्रित हुनेछ। अमेरिका र इरानबीचको शान्ति प्रक्रिया अघि बढाउन र आपसी सम्बन्ध सुधार्न यो समझदारी भएको थियो। प्रधानमन्त्रीको यो भ्रमणलाई शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।