९ असार २०८३, मङ्लबार
23 June 2026, Tuesday

न्युयोर्कको एल्महर्स्टमा हामी नेपाली इन्टरनेशनलद्वारा पार्क सरसफाइ कार्यक्रम सम्पन्न

न्युयोर्कको एल्महर्स्टमा हामी नेपाली इन्टरनेशनलद्वारा पार्क सरसफाइ कार्यक्रम सम्पन्न

न्युयोर्क- हामी नेपाली इन्टरनेशनलको आयोजनामा न्युयोर्कको एल्महर्स्टमा पार्क सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार, जुन २० तारिखका दिन स्थानीय मुर होमस्टेड प्लेग्राउन्डमा सरसफाइ गरिएको हो।

समुदायलाई सफा र सुन्दर राख्ने उद्देश्यले गरिएको यस कार्यक्रममा बालबालिकादेखि समुदायका विभिन्न व्यक्तिहरुले उत्साहका साथ सहभागिता जनाए। आयोजकका अनुसार, यसपटकको कार्यक्रममा निकै फरक र धेरै प्रकारका मानिसहरुको सहभागिता रहेको थियो। सबैले आफ्नो समय र उर्जा दिएर पार्क सफा गर्न महत्त्वपूर्ण भूमिका खेले।

यो सामूहिक कार्य र स्वयंसेवकहरुको मेहनतले समुदायमा सकारात्मक प्रभाव पारेको छ। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै स्वयंसेवक र सहभागीहरुलाई संस्थाले धन्यवाद दिएको छ। हामी नेपाली इन्टरनेशनलले आगामी महिना पनि यस्तै पार्क सरसफाइ कार्यक्रम आयोजना गर्ने तयारी गरेको बताएको छ।