बेलायती राजनीतिमा फेरि हलचल: प्रधानमन्त्री कीर स्टाररद्वारा राजीनामा घोषणा
- ०८ असार २०८३
- १ मिनेटको पढाई
लन्डन- बेलायतका प्रधानमन्त्री कीर स्टाररले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले सोमबार १० डाउनिङ स्ट्रिटबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेबर पार्टीको नेता र प्रधानमन्त्री पद छाड्ने बताएका हुन्।
स्टाररले आफ्नो उत्तराधिकारी चयन नभएसम्मका लागि भने प्रधानमन्त्रीकै रूपमा काम सम्हाल्ने स्पष्ट पारेका छन्। उनको यो अचानकको घोषणाले बेलायती राजनीतिमा फेरि नयाँ हलचल पैदा गरिदिएको छ। सन् २०२४ मा ठुलो चुनावी जित हासिल गरेर सत्तामा पुगेका स्टाररले दुई वर्षभित्रै पदबाट बाहिरिने निर्णय गरेका हुन्।
पार्टीभित्रको बढ्दो दबाब र हालैका उपनिर्वाचनहरूमा आएको परिणामका कारण उनले यो कदम चालेको अनुमान गरिएको छ। अब लेबर पार्टीले नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु गर्नेछ, जसले बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछ।