६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो, २५४ जनाको ज्यान गयो

कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो, २५४ जनाको ज्यान गयो

न्युयोर्क- प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म एक हजार तीन जनामा संक्रमण देखिएको हो।

यो महामारीका कारण हालसम्म २५४ जनाले ज्यान गुमाएका छन्। इबोलाबाट मृत्यु हुनेको दर करिब २५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिले ३६५ जना बिरामीलाई अस्पताल तथा छुट्टै कक्षमा राखेर उपचार गरिँदै छ। संक्रमण पुष्टि भएकामध्ये १०० जना भने निको भएका छन्।

प्रभावित तीनवटा प्रान्तमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र पहिचान गर्ने काम ५८ प्रतिशत भएको छ। बिरामीको संख्या बढ्दै गए पनि यसलाई नियन्त्रण गर्ने प्रयास तीव्र पारिएको अधिकारीहरूले बताएका छन्। समुदायस्तरमा जनचेतना बढाउने, बिरामीको व्यवस्थापन गर्ने र प्रयोगशालाको परीक्षण क्षमता बढाउने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ।