भेनेजुएला भूकम्पः मृतकको संख्या २३५ पुग्यो
- १२ असार २०८३
- १ मिनेटको पढाई
भेनेजुएला- भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ। बिहीबार साँझ त्यहाँको स्वास्थ्य मन्त्रालयले नयाँ विवरण सार्वजनिक गर्दै मृतकको संख्या बढेको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार बुधबार देशमा दुईवटा ठूला भूकम्प गएका थिए। यही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या लगातार बढेको हो।