इजिप्टमा सडक दुर्घटना बढ्योः सन् २०२५ मा ५८ सयभन्दा बढीको मृत्यु
- १२ असार २०८३
- १ मिनेटको पढाई
इजिप्ट- इजिप्टमा सन् २०२५ मा भएका सडक दुर्घटनामा परेर ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ। इजिप्टको केन्द्रीय परिचालन तथा तथ्यांक निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले बढी हो।
निकायले जारी गरेको विज्ञप्ति अनुसार कायरो प्रान्तमा सबैभन्दा धेरै ७ सय ७९ जनाको ज्यान गएको छ। यसैगरी, सन् २०२५ भरी देशभर भएका दुर्घटनामा ८४ हजार ५ सय ५३ जना घाइते भएका छन्। घाइते हुनेको संख्या पनि अघिल्लो वर्ष भन्दा १०.७ प्रतिशतले बढेको छ।
इजिप्टमा मुख्यगरी तीव्र गति, ट्राफिक नियमको बेवास्ता र कमजोर सडकका कारण हरेक वर्ष हजारौँले ज्यान गुमाउने गरेका छन्। सवारी चाप कम गर्न र दुर्घटना घटाउन सरकारले अहिले सडक सञ्जालको स्तरोन्नति गरिरहेको छ।