१५ असार २०८३, सोमवार
29 June 2026, Monday

अमेरिकी वायुसेनाद्वारा इरानका सैन्य केन्द्रहरूमा शक्तिशाली हवाई आक्रमण

अमेरिकी वायुसेनाद्वारा इरानका सैन्य केन्द्रहरूमा शक्तिशाली हवाई आक्रमण

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वायुसेनाले इरानका विभिन्न रणनीतिक सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएका छन्। इरानले पुनः युद्धविराम सम्झौता उल्लंघन गरेपछि यो कारबाही गरिएको उनले स्पष्ट पारे।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै ट्रम्पले अमेरिकी विमानहरूले इरानका क्षेप्यास्त्र (मिसाइल), ड्रोन भण्डारण स्थलहरू र तटीय राडार केन्द्रहरूलाई निशाना बनाएको उल्लेख गरे। अमेरिकाले शनिबार इरानका विभिन्न सैन्य इलाकाहरूलाई लक्षित गरी यो थप हवाई आक्रमण गरेको हो।

अमेरिकी सेन्ट्रल कमाण्डले पनि यस सैन्य कारबाहीको पुष्टि गरेको छ। सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी सैन्य विमानहरूले इरानी सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई रक्षा प्रणाली र माइन बिछ्याउने क्षमता भएका स्थानहरूमा बमबारी गरेका छन्। व्यावसायिक जहाजहरूमाथि इरानले निरन्तर गरिरहेको आक्रामक गतिविधिको प्रत्यक्ष जवाफ स्वरूप यो कदम चालिएको र यसले सामुद्रिक क्षेत्रमा व्यावसायिक जलयानहरूको सुरक्षा सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ।