२१ असार २०८३, आइतवार
5 July 2026, Sunday

अरेबियन सागरमा हेलिकप्टर दुर्घटना: बेपत्ता अमेरिकी नौसैनिकको खोजी कार्य स्थगित

अरेबियन सागरमा हेलिकप्टर दुर्घटना: बेपत्ता अमेरिकी नौसैनिकको खोजी कार्य स्थगित

न्युयोर्क- अमेरिकी नौसेनाले अरेबियन सागरमा बेपत्ता भएका आफ्ना एक नौसैनिकको खोजी कार्य आइतबारदेखि स्थगित गरेको छ।

गत बुधबार चार जना सवार ‘एमएच-६०एस’ हेलिकप्टर अरेबियन सागरमा दुर्घटनामा परेपछि ती सैनिक बेपत्ता भएका थिए। हेलिकप्टरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको थियो र उनीहरूको अवस्था सामान्य छ।

अमेरिकी सेन्ट्रल कमाण्डअन्तर्गत नौसेना र वायुसेनाले लगातार विस्तृत खोजी गरेपछि यो अभियान बन्द गर्ने निर्णय गरेका हुन्।

नौसेनाको नियमअनुसार परिवारलाई आधिकारिक रूपमा जानकारी गराएको कम्तीमा २४ घण्टापछि मात्र बेपत्ता सैनिकको नाम सार्वजनिक गरिनेछ।