न्युयोर्कमा ‘हामी नेपाली इन्टरनेसनल’द्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै
- २३ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- हामी नेपाली इन्टरनेसनलले अमेरिकाको न्युयोर्कमा सामुदायिक रक्तदान कार्यक्रम आयोजना गर्दै छ। यो कार्यक्रम आउँदो जुलाई २६, २०२६ आइतबारका दिन एल्महर्स्टस्थित क्वीन्स सेन्टरमा हुनेछ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा एक जनाले गरेको रक्तदानले तीन जनासम्मको ज्यान बचाउन सक्ने आयोजकले बताए। बिहान ११ बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्ने यस कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैलाई आग्रह गरिएको छ।
रक्तदान कार्यक्रम ८८-०१ क्वीन्स बुलेभार्डमा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन चाहनेले पोस्टरमा दिइएको क्युआर कोड स्क्यान गरेर पनि थप जानकारी लिन सक्छन्। यस कार्यक्रमको मिडिया पार्टनरका रूपमा ‘त्रिवेणी टाइम्स’ रहेको छ।
