गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी थियो: गृहमन्त्री गुरुङ
- २६ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था नाजुक भएकाले लैजान नसकिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीको उपचारका लागि भारत सरकारसँग आवश्यक समन्वयसमेत भइसकेको जानकारी दिए।
काठमाडौँ महानगरपालिकाको प्रहरीले नेपालीको गाडीमा ‘ह्विल लक’ लगाएको विषयलाई जोड्दै गृहमन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको स्पष्ट पारे।
उनले यस घटनाको निष्पक्ष छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए। छानबिनकै सिलसिलामा महानगरगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए।