चिनियाँ ड्रोनको नयाँ कीर्तिमान: सगरमाथा क्षेत्रमा ८,८६१ मिटर उचाइमा उडान
- २७ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित १२ दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाइ कायम गर्दै कीर्तिमान बनाएको हो।
कम्पनीका अनुसार इभी-५० मोडेलको ‘भर्टिकल टेक-अफ एण्ड ल्यान्डिङ’ फिक्स्ड-विङ हाइब्रिड ड्रोनले निश्चित तौल (पेलोड) सहित ८,८६१ मिटरको उचाइमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ।
सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको उनले बताए।