ट्रम्पको चेतावनी: ‘मेरो हत्याको प्रयास भए इरानमा हजारौँ मिसाइल खसालिनेछ’
- २८ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने प्रयास गरे इरानमाथि ठूलो संख्यामा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा एक पोस्ट गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
ट्रम्पले इरानले त्यस्तो कदम चालेमा अमेरिकाले सुरुमा १ हजार वटा मिसाइल प्रहार गर्ने र त्यसलगत्तै थप हजारौँ मिसाइलहरूद्वारा आक्रमण गर्ने बताए। उनले अमेरिकी सेनालाई यसका लागि तयारी अवस्थामा रहन आवश्यक आदेश दिइसकेको दाबी समेत गरे।
उनका अनुसार यो सैन्य तयारी एक वर्षका लागि गरिएको छ र आवश्यकता अनुसार यसको समय सीमा अझै थप्न सकिनेछ। इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला उनको यस्तो कडा प्रतिक्रिया आएको हो।