१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

समयमै पानी पर्दा गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

समयमै पानी पर्दा गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

काठमाडौं- यसपटक समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले निकै गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार अहिलेसम्म जिल्लाभर ५८ प्रतिशत रोपाइँ सकिएको छ। यो वर्ष गोरखामा १० हजार ५ सय हेक्टर जमिनमा बर्खे धान रोप्ने लक्ष्य राखिएको छ।

कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। मौसम अनुकूल रहे अबको केही दिनमै सबै रोपाइँ सकिने उनले बताए। यो वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने र समयमै पानी परेकाले धान उत्पादन पनि बढ्ने कृषि प्राविधिकहरुको अनुमान छ।

गोरखाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान फल्ने ठाउँ हुन्। तर उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धान खेती हुँदैन।