१ साउन २०८३, शुक्रबार
17 July 2026, Friday

चुनाव सम्बन्धी विवादास्पद विषयमा ट्रम्पले देशबासीलाई सम्बोधन गर्ने

चुनाव सम्बन्धी विवादास्पद विषयमा ट्रम्पले देशबासीलाई सम्बोधन गर्ने

न्युयोर्क- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति देशबासीका नाममा विशेष सम्बोधन गर्दैछन्। उनले यस पटकको सम्बोधनमा चुनाव र भोटिङ मेसिनका बारेमा कुरा गर्ने बताए। विरोधीहरूले भने आउँदो चुनावलाई प्रभावित पार्न ट्रम्पले पुराना र प्रमाणित नभएका विषय उठाउन लागेको आरोप लगाएका छन्।

यसअघि ट्रम्पले इरानसँगको विवाद चाँडै समाधान हुने दाबी गरेका थिए। तर अहिले मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव झन् बढेको छ। अमेरिकी सेनाले इरानी क्षेत्रमा आक्रमण तीव्र पारेको छ भने इरानले पनि अमेरिकी सहयोगी देशहरूमाथि जवाफी हमला गरेको छ।

यसैबीच, अमेरिकी अध्यागमन विभागका अधिकारीहरूले सडकमा गाडी रोकेर जाँच गर्ने कामलाई निरन्तरता दिने ट्रम्पले स्पष्ट पारेका छन्। पछिल्लो समय यस्तो जाँचका क्रममा तीन जनाको ज्यान गएपछि विभागको आलोचना भइरहेको छ। अर्कोतर्फ, ट्रम्प प्रशासनले मेक्सिकोका दुईवटा ठूला आपराधिक समूहलाई आतंकवादी संगठन घोषणा गरेको छ।