३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

इरानद्वारा कुवेत र जोर्डनका अमेरिकी सैन्य अखडामा आक्रमणको दाबी

इरानद्वारा कुवेत र जोर्डनका अमेरिकी सैन्य अखडामा आक्रमणको दाबी

न्युयोर्क- अमेरिकाले गरेको आक्रमणको बदलामा इरानले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजनले शनिबार एक सैन्य विज्ञप्ति मार्फत यस्तो जानकारी दिएको हो।

विज्ञप्ति अनुसार कुवेतको अल-अदिरी शिविरमा रहेको हतियार भण्डार र अली अल-सलेम सैन्य आधारको मुख्यालय, हतियार डिपो र सञ्चार केन्द्रमा आक्रमण गरिएको छ। त्यस्तै, जोर्डनको अल-अज्राक सैन्य आधारमा रहेका इन्धन ट्याङ्कीलाई पनि निशाना बनाइएको इरानी सञ्चारमाध्यमले बताएका छन्।

यता, कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई रोक्ने क्रममा विस्फोटको आवाज सुनिएको बताएको छ। यसैबीच, बहराइनको गृह मन्त्रालयले पनि हवाई आक्रमणको चेतावनी दिँदै साइरन बजाइएको पुष्टि गरेको छ। बहराइनमा अमेरिकी नौसेनाको प्रमुख पाँचौँ बेडा रहेको छ।