३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

नागढुङ्गा सुरुङमार्गमा दौड तथा पदयात्रा, साउनभित्रै सञ्चालनमा आउने

नागढुङ्गा सुरुङमार्गमा दौड तथा पदयात्रा, साउनभित्रै सञ्चालनमा आउने

काठमाडौं- सडक विभाग र जाइका नेपालले आज नागढुङ्गा सुरुङमार्गमा दौड तथा पदयात्रा कार्यक्रम आयोजना गरे। सुरुङमार्गबारे जनचेतना बढाउन र यसको प्रचार गर्न यो कार्यक्रम गरिएको हो।

आयोजनाका निर्देशक सौजन्य नेपालले सर्वसाधारणलाई जानकारी दिन यो कार्यक्रम गरिएको बताए। २ हजार ६८८ मिटर लामो यो सुरुङमार्ग साउनभित्रै सञ्चालनमा ल्याउने उनले जानकारी दिए। सुरुमा सन् २०२३ अप्रिलमै सकिनुपर्ने यो आयोजना ठेकेदारको ढिलासुस्ती र स्थानीयको अवरोधले गर्दा ढिला भएको हो।

अहिले नागढुङ्गा-नौबिसे नाकाबाट दैनिक ८ हजारभन्दा बढी साना–ठूला गाडी आउजाउ गर्छन्। यीमध्ये करिब ६० प्रतिशत गाडीले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको निर्देशक नेपालले बताए।

आयोजनाका अनुसार यो सुरुङमार्गमा मोटरसाइकल र स्कुटर जस्ता दुईपाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन।