२४ साउन २०८३, आइतवार
9 August 2026, Sunday

सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्छ : प्रधानमन्त्री बालेन

सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्छ : प्रधानमन्त्री बालेन

न्यूयोर्क – प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लागेपनि नआत्तिन आग्रह गरेका छन्। शुक्रबार संसदमा सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र विपक्ष दलले जनजीविकाको मुद्दामा सरकारमाथि प्रश्न उठाएपछि मध्यराति सामाजिक सञ्जालमा बालेनले ढिलो होला तर गलत नहुने बताएका हुन् ।

शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने स्पष्ट पारेका छन् । उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने धारणा राखेका छन्।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ बालेनले लेखेका छन्,‘सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रतिनिधि सभामा रास्वपाकै सांसदले राज्य सञ्चालनमा सरकारको ढंग नपुगेको बताएका थिए। पछिल्लो समय ग्यास, मल नपाइएको, राहदानी, अस्पतालमा लाइन बढेपछि सरकारको आलोचना बढेको छ।