२५ साउन २०८३, सोमवार
10 August 2026, Monday

अमेरिकी इतिहास लेख्दा ट्रम्पबाहेक ४३ पूर्व राष्ट्रपतिलाई समेटियो

अमेरिकी इतिहास लेख्दा ट्रम्पबाहेक ४३ पूर्व राष्ट्रपतिलाई समेटियो

न्युयोर्क- अमेरिकाका पूर्व राष्ट्रपतिहरू जर्ज डब्लु बुस, बाराक ओबामा र बिल क्लिन्टनले अमेरिकी इतिहास र पूर्व राष्ट्रपतिहरूबारे निबन्ध लेखेका छन्। अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसरमा तयार पारिएको एउटा ऐतिहासिक परियोजनाका लागि उनीहरूले यी निबन्ध तयार गरेका हुन्।

यस परियोजनामा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बाहेक ४३ जना पूर्व राष्ट्रपति र ३० जना प्रथम महिलाहरूको बारेमा लेखिएको छ। इतिहासको मूल्यांकन गर्न यी दुईको कार्यकाल भर्खरै मात्र भएकाले उनीहरूलाई समावेश नगरिएको बताइएको छ। तर, रोचक कुरा के छ भने यी निबन्धहरूमा कतै पनि ट्रम्पको नाम उल्लेख गरिएको छैन। नाम नलिए पनि शक्ति, लोकतन्त्र र राष्ट्रपतिको इमानदारीका विषयमा ट्रम्पप्रति नै लक्षित गर्दै चिन्ता व्यक्त गरिएको विश्लेषण गरिएको छ।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंटनको बारेमा लेखेका छन्। उनले वासिंटनको नम्रता र दुई कार्यकालपछि आफैं सत्ता छोड्ने निर्णयको निकै तारिफ गरेका छन्। बुसको यो लेखलाई ट्रम्पले अघिल्लो चुनाव हारेपछि पनि सत्ता छोड्न नमानेको घटनासँग जोडेर हेरिएको छ।

त्यस्तै, सेनाका पूर्व जनरल स्टानली म्याकक्रिस्टलले पूर्व राष्ट्रपति युलिसिस एस. ग्रान्टबारे लेख्दै कुनै व्यक्तिप्रति भन्दा पनि संविधान र कानुनप्रति बफादार हुनुपर्ने कुरामा जोड दिएका छन्। यसलाई पनि ट्रम्पले आफ्नो कार्यकालमा अधिकारीहरूसँग खोज्ने व्यक्तिगत वफादारीप्रतिको प्रहार मानिएको छ।

बिल क्लिन्टनले थिओडोर रुजवेल्टका बारेमा लेखेका छन् भने ओबामाले अब्राहम लिंकनबारे निबन्ध तयार गरेका छन्। यो परियोजना अमेरिकाको राष्ट्रिय अभिलेखालयकी पूर्व प्रमुखले संयोजन गरेकी हुन्। तयार पारिएका यी ऐतिहासिक निबन्धहरू आउँदो डिसेम्बरसम्म हरेक हप्ता प्रकाशित हुनेछन्।