२६ साउन २०८३, मङ्लबार
11 August 2026, Tuesday

सांसद लरेन बोबर्टका छोरा बाल यौन शोषणको आरोपमा पक्राउ

सांसद लरेन बोबर्टका छोरा बाल यौन शोषणको आरोपमा पक्राउ

न्युयोर्क- सांसद लरेन बोबर्टका २१ वर्षीय छोरा टाइलर बोबर्ट बाल यौन शोषणको आरोपमा पक्राउ परेका छन्। गारफिल्ड काउन्टी प्रहरीले उनलाई पक्राउ गरी १० हजार डलर धरौटीमा छाडेको छ।

यो घटना सन् २०२४ को एउटा भिडियोसँग जोडिएको छ। १८ वर्षको उमेरमा टाइलरले १७ वर्षीया किशोरीसँग खिचेको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भएपछि किशोरीकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्।

अदालतको कागजात अनुसार टाइलरविरुद्ध बाल यौन शोषणका तीन वटा र नाबालिगलाई अपराधमा उक्साएको दुई वटा मुद्दा दर्ता गरिएको छ। यसअघि पनि उनी गाडी चोरी र सम्पत्ति हानीपुऱ्याएको अभियोगमा पक्राउ परेका थिए।

घटनाबारे प्रतिक्रिया दिँदै सांसद बोबर्टले आफूले छोरालाई माया गर्ने र यी आरोपहरूलाई गम्भीरताका साथ लिएको बताएकी छन्।