इरानलाई हराएर ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकी भू-भाग बनाउँछु : ट्रम्प
- ३० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा हराएपछि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भू-भाग बनाउने दाबी गरेका छन्। न्युयोर्कमा आयोजित एक राजनीतिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। तर, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले ठट्टाको रूपमा मात्र त्यसो भनेको प्रस्ट पारेका छन्।
ट्रम्पको यो अभिव्यक्तिप्रति इरानले कडा आपत्ति जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जालमार्फत जवाफ दिँदै ‘स्ट्रेट अफ होर्मुज’ पहिले पनि इरानकै रहेको र सधैँ इरानकै रहने बताए। उक्त जलमार्ग खोल्ने वा बन्द गर्ने निर्णय इरानको हातमा मात्र रहेको उनको भनाइ छ।
विश्वकै प्रमुख ऊर्जा ढुवानी मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर अहिले अमेरिका र इरानबीच चर्को तनाव चलिरहेको छ। ट्रम्पले आफ्नो अनुमतिबिना त्यहाँबाट कुनै पनि जहाज चल्न नसक्ने गरी नाकाबन्दी गरेको दाबी गरेका छन् भने इरानले पनि सो क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको छ।