भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
- ०१ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- आउँदो भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। सोमबार बसेको संसद् बैठकमा सभामुख डोलप्रसाद अर्यालले यो कार्यक्रमको मिति तय भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाह संसद्मै उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन्। प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र संसद् सचिवालयमा लिखित रूपमा आफ्ना प्रश्न दर्ता गराउनुपर्नेछ। यो कार्यक्रममा सांसदहरूले प्रधानमन्त्रीको कार्यक्षेत्रसँग जोडिएका महत्त्वपूर्ण विषयमा सिधै प्रश्न सोध्न पाउनेछन्। प्रतिनिधिसभाको नियमअनुसार महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग यस्तो प्रश्नोत्तर गर्ने व्यवस्था रहेको छ।