इरानमाथि आणविक आक्रमणको तयारी भइरहेको पूर्व अमेरिकी सांसद ग्रीनको दाबी
- ०१ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाकी पूर्व सांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित आणविक हतियार प्रयोग गर्नेबारे छलफल गरिरहेको दाबी गरेकी छन्। तर उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै पनि प्रमाण वा कागजात भने सार्वजनिक गरेकी छैनन्।
सामाजिक सञ्जाल एक्समार्फत ग्रीनले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूबीच यस्तो छलफल भइरहेको बताएकी हुन्। अमेरिकी गुप्तचर निकायहरूले इरान तत्काल आणविक हतियार बनाउने बाटोमा नरहेको बताए पनि प्रशासनले त्यसलाई बेवास्ता गरेको उनको आरोप छ। यदि इरानविरुद्ध आणविक हतियार प्रयोग भएमा यसले ठूलो मानवीय क्षति र गम्भीर आर्थिक संकट निम्त्याउने चेतावनी पनि उनले दिएकी छन्।
ग्रीनको यो दाबीबारे ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। अमेरिकी रक्षा अधिकारीहरूले पनि इरानविरुद्ध आणविक आक्रमणको तयारी भइरहेको कुरा पुष्टि गरेका छैनन्। अमेरिका र इरानबीच समुद्री क्षेत्रमा तनाव बढिरहेका बेला पूर्व सांसदको यस्तो भनाइ बाहिर आएको हो।