५ भदौ २०८३, शुक्रबार
21 August 2026, Friday

मिजौरी अदालतद्वारा नयाँ निर्वाचन क्षेत्र नक्सा कार्यान्वयन गर्न अनुमति

मिजौरी अदालतद्वारा नयाँ निर्वाचन क्षेत्र नक्सा कार्यान्वयन गर्न अनुमति

न्युयोर्क- अमेरिकाको मिजौरीस्थित एक अदालतले आगामी नोभेम्बरमा हुने चुनावका लागि नयाँ कंग्रेसी निर्वाचन क्षेत्रको नक्सा प्रयोग गर्न अनुमति दिएको छ। अदालतले उक्त नयाँ नक्साबारे जनमत संग्रह गराउनुपर्ने मागलाई खारेज गरेको हो।

न्यायाधीशले निर्वाचन क्षेत्र निर्धारण गर्ने अधिकार संसद्को भएको स्पष्ट पारेका छन्। यो फैसलालाई संसद्मा आफ्नो पकड बलियो बनाउन खोजिरहेको रिपब्लिकन पार्टीका लागि अनुकूल मानिएको छ।

यस निर्णयविरुद्ध विपक्षी समूहले राज्यको सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्। आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन क्षेत्रको नयाँ सीमाङ्कन गर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद चल्दै आएको छ।