विपत्तिमा नेपाललाई सबै सहयोग गर्न भारत तयार : प्रधानमन्त्री मोदी
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक विपत्तिको यो दुःखद समयमा भारत सरकार र त्यहाँका जनता नेपालको साथमा रहेको बताएका छन्। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुरा गर्दै मोदीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे।
यस कठिन घडीमा सम्पूर्ण भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको उनले बताए। मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सकेसम्मको सबै मानवीय सहयोग दिन भारत तयार रहेको जानकारी दिए। अहिले उद्धार र राहतको काममा दुवै देशका टोलीहरूले नजिकबाट मिलेर काम गरिरहेको पनि उनले स्पष्ट पारे।