भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुग्यो
- १३ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म ६१६ जनाको शव फेला परेको बताएको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ। उनले यसपछिको तथ्याङ्क सङ्कलन भइरहेको र खोजी तथा उद्धारको काम निरन्तर अगाडि बढाइएको बताए।
अहिले प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको छ। अन्य निकाय र स्थानीयसँग मिलेर उद्धार गर्ने तथा बाढीले बन्द भएका बाटो खुलाउने काम पनि भइरहेको प्रवक्ता काफ्लेले बताए।