१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

नेपालको बाढी प्रभावितप्रति ऐक्यबद्धता: सिड्नीमा निकालियो दीप प्रज्वलन

नेपालको बाढी प्रभावितप्रति ऐक्यबद्धता: सिड्नीमा निकालियो दीप प्रज्वलन

सिड्नी- नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा अस्ट्रेलियाको सिड्नीमा दीप प्रज्वलन गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार सिड्नीमा भेला भएका करिब १०० जना मानिसले मैनबत्ती बालेर प्रार्थना गरेका छन् र एक मिनेट मौनधारण गरी शोक व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी नगेन्द्र अधिकारीले आफ्ना केही नातेदार, दाजुभाइ र विश्वविद्यालयका एक साथी बाढीमा अझै बेपत्ता रहेको बताए। उनले परिवारको पीडा सम्झिँदै भने, “हामी निकै दुःखी छौँ, तर अझै पनि उनीहरू सुरक्षित रहेको कुनै सुखद खबर आउने आशामा छौँ।”

स्थानीय सीके भुसालले सबै गुमाएका परिवारलाई साथ दिन र उनीहरूको दुःख तथा आँसुमा साथ उभिन आफूहरू त्यहाँ भेला भएको बताएका छन्।