सडक र पुल भत्किँदा बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन कठिन
- १३ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- बाढीले सडक र पुलहरू बगाएपछि अति प्रभावित समुदायसम्म पुग्न निकै कठिन भइरहेको अन्तर्राष्ट्रिय सहयोगी संस्था ‘केयर’ (CARE) ले जनाएको छ। बाटोघाटो र सञ्चार सम्पर्क टुट्दा राहत तथा उद्धारको काममा ठूलो बाधा पुगेको हो।
संस्थाका अनुसार विद्युतीय सामग्री चार्ज गर्ने सोलार प्यानल, त्रिपाल र पानी शुद्ध पार्ने औषधि लगायतका सयौं आपतकालीन राहत प्याकेजहरू वितरणका लागि तयारी अवस्थामा राखिएको छ। तीमध्ये १०० भन्दा बढी प्याकेज वितरण गर्नका लागि नेपालका स्थानीय अधिकारीहरूलाई बुझाइसकेको केयरले बताएको छ।
बाढीले नराम्ररी तहसनहस बनाएको रसुवाको धुन्चेसम्म ती राहत सामग्रीहरू पुर्याउन अहिले नेपाली सेनाले काम गरिरहेको छ। सडक सञ्जाल पूर्ण रूपमा बिग्रिएका कारण अन्य प्रभावित क्षेत्रमा भने सहायता पुर्याउन अझै चुनौती थपिएको संस्थाले जनाएको छ।