१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

बाढीमा फसेका ११४ भारतीयसहित १८४ विदेशी पर्यटकको उद्धार: पर्यटन बोर्ड

बाढीमा फसेका ११४ भारतीयसहित १८४ विदेशी पर्यटकको उद्धार: पर्यटन बोर्ड

काठमाडौं- बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

पर्यटन बोर्डका अनुसार उद्धार गरिएकाहरूमा सबैभन्दा धेरै ११४ जना भारतीय नागरिक छन्। यस्तै चीनका २७, दक्षिण कोरियाका २०, जर्मनी र माल्टाका ४–४, इटाली र अमेरिकाका ३–३ जना नागरिक छन्। यसैगरी रुस, स्वीट्जरल्याण्ड र टर्कीका २–२ जना तथा बुल्गेरिया, ओमान र पोर्चुगलका १–१ जना पर्यटकको उद्धार गरिएको छ।

बोर्डले बेल्जियमका एक र स्पेनका दुई नागरिकसँग पनि सम्पर्क भइरहेको जानकारी दिएको छ।

बोर्डको पछिल्लो विवरण अनुसार बाढी प्रभावित हिमाली क्षेत्रबाट अझै ४२० जना विदेशी पर्यटक सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारको प्रयास जारी रहेको छ।